२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

मतदाता नामावलीमा नाम सच्याउने अवसर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २ गते शुक्रबार

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्वर २ र प्रदेशसभा अन्तर्गत बझाङ १ को ‘क’ मा उपचुनाव हुने भए पनि मतदाता नामावली देशभर नै अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गएको फागुन १३ गतेसम्म सङ्कलन भएको विवरणहरुमध्ये आउँदो वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरेर अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याई अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ । आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन भैसकेको छ ।

नामावली अद्यावधिक कार्यक्रम गएको फागुन २९ गतेदेखि शुरु भएको र आउँदो चैत ५ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । मतदाताले त्रुटि सच्याउनका लागि आयोगको अनलाइन एप्लिकेशन, निर्वाचन कार्यालय वा पालिकाका वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।

आयोगले आउँदो २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार