सूचनाको शक्ति - The Power Of Information

        

रुसमा आज राष्ट्रपति पदको निर्वाचन

युक्रेनसँग युद्ध लडिरहेको रुसमा राष्ट्रपति पदका लागि आज निर्वाचन भइरहेको छ ।

यो निर्वाचनले राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल ६ वर्ष थपिदिने निश्चित छ । मुख्य विपक्षी दलहरुको अनुपस्थिती र प्रमुख आलोचक अलेक्सी नाभाल्नीको कारागारभित्रै रहस्यमय मृत्युपछि हुन लागेको निर्वाचनलाई पश्चिमाहरुले पुटिनको निरंकुश शासनको निरन्तरता भनेका छन् ।

तीन दिनसम्म चल्ने निर्वाचनमा विजयी भएपछि पुटिन रुसमा सबैभन्दा लामो समय शासन गर्ने नेता बन्दैछन् । रुसको मुख्य भूमिसँगै क्राइमिया प्रायदिप र अन्य क्षेत्रहरुमा पनि मतदान भइरहेको छ । प्रारम्भिक सर्वेक्षणका अनुसार यो निर्वाचनमा पुटिनले ८५ प्रतिशतभन्दा बढी मत ल्याउने देखिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०९:१७

लोकप्रिय