सूचनाको शक्ति - The Power Of Information

        

उदयपुरमा जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ७ जना पुग्याे

धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेकाे जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे सङ्ख्या सात जना पुगेकाे छ ।

जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएकाे छ ।

को १ ज २५९३ नम्बरको जीप दिउँसाे साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका सात जनाकाे अहिले धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए ।

ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको  परिचय खुल्न नखुलेकाे बताउनुभयो ।

जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १५:३७

लोकप्रिय