सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो गर्मीः नेपालगञ्जको अधिकतम तापक्रम ३१.५ डिग्री

पछिल्ला केही दिनयता नेपालको तापक्रम बढीरहेको छ ।

मौसम पूर्वानुमान महाशाखले केही दिनदेखि तापक्रम बढ्दै गएको जानकारी दिएको छ ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभरको तापक्रम बढेको देखिएको छ । महाशाखाले सबैभन्दा बढी भैरहवाको तापक्रम ३४.५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ ।

भैरहवापछि जनकपुरको तापक्रम उच्च छ । जनकपुरको ३४.४ डिग्री सेल्सियस मापन हुँदा काठमाडौंको तापक्रम २७.२ डिग् सेल्सियस मापन गरिएको छ ।

त्यस्तै दिपायलको २९.६, डडेलधुराको २१.४, धनगडीको ३१.४, वीरेन्द्रनगरको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै नेपालगञ्जको ३१.५, जुम्लाको १९.७, घोराहिको २९.२, पोखराको २८.५, सिमराको ३१.४, ओखलढुंगाको २३.६, ताप्लेजुङको २२.७, धनकुटाको २६.६ र विराटनगरको ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ११:४६

लोकप्रिय