सूचनाको शक्ति - The Power Of Information

        

च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो

युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको छ।

बुधबार राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो।

बुधबार एट्लेटिकोले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्यो।

दोस्रो लेगमा एट्लेटिको २-१ गोलले विजयी भएपछि समग्र नतिजा २-२ गोलको बराबरीमा टुंगिएको थियो।

डर्टमुन्डले भने पिएसभीलाई समग्रमा ३-१ गोलले हरायो।

बुधबार भएको दोस्रो लेगमा डर्टमुन्ड २-० गोलले विजयी भयो।

लिगमा एट्लेटिको र डर्टमुन्डसँगै बार्सिलोना, रियल म्याड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पिएसजी अन्तिम आठमा पुगेका छन्।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ०८:०१

लोकप्रिय