२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनको लज्जास्पद हार

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ३० गते बुधबार

नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार