सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगरमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे ढुंगामुढा

वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।

व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।

ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो । स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् ।

त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १४:३१

लोकप्रिय