सूचनाको शक्ति - The Power Of Information

        

खरिदारमा जागिरको अवसर, कहाँ-कहाँ दिन पाइन्छ आवेदन ? (सूचनासहित)

लोक सेवा आयोगले खरिदारमा आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो ।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने आयोगले जानकारी दिएको छ । यही चैत २० सम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

सूचनाका साथसाथै आयोगले परीक्षा मिति पनि तोकेको छ । जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ । त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०८:२७

लोकप्रिय