सूचनाको शक्ति - The Power Of Information

        

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति (पत्रसहित)

गृह मन्त्रालय र स्वर्गीय आरती साहको परिवारबीच पाँच बुँदे सहमति भएको छ ।

मंगलबार साँझ गृह मन्त्रालय र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

छलफलमा गृहमन्त्रि लामिछाने पनि उपस्थित भएका थिए । सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।

आरती र जनकपुरधामका मोतीबाबु साहबीच असार २०७७ असार २९ गते विवाह भएको थियो ।

यस्ताे छ सहमति पत्र :

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०८:१५

लोकप्रिय