२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज पिएनजीसँग भिड्दै नेपाल

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ३० गते बुधबार

नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ।

मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो।

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो।

मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ। आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो।

नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार