बाँके जिल्लामा एक लाख ८८ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । जिल्लाका एक लाख ६५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियान अन्तर्गत एक लाख ८८ हजार ७०५ बालबालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । ती मध्ये एक लाख ७३४ बालक र ८७ हजार ९७१ बालिका छन् ।
उहाँले जिल्लामा निर्धारित गरिएको लक्ष्य भन्दा करिब २३ हजार बढी बालबालिकलाई खोप लगाइएको बताउनुभयो । समग्र जिल्लामा लक्ष्यभन्दा १४ प्रतिशत बढी बालबालिकालाई खोप लगाइए पनि अझै सदरमुकाम नेपालगन्ज र सोसँग गाँसिएको डुडुवा गाउँपालिकामा लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकामा लक्ष्यको ९६ प्रतिशत र नेपालगन्ज उपमहानगरमा लक्ष्यको ९७ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा लक्ष्यभन्दा २७ प्रतिशत बढीले खोप लगाउँदा नेपालगन्ज र डुडुवामा अझै पनि लक्ष्य पूरा नहुनु चिन्ताको विषय भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार हालसम्म कोहलपुर नगरपालिकामा सबैभन्दा बढी लक्ष्यको १३५ प्रतिशत, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा १२७ प्रतिशत, खजुरा गाउँपालिकामा ११५ प्रतिशत, बैजनाथमा ११२ प्रतिशत र जानकी गाउँपालिकामा ११० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिकामा खोप अभियानको लक्ष्य पुरा गर्न निकै ठुलो परिश्रम गर्नुपरेको अभियानमा खटिएका स्वास्थ्यकर्मीहरुले जनाएका छन् । नेपालगन्ज र डुडुवामा पनि ढिलै भएपनि खोपको लक्ष्य पूरा हुने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
फागुन १३ गतेबाट बाँकेका नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ खोप अभियान सुरु गरिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके