गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ ।
इजरायलले सोमबार खान युनिसस्थित मोहम्मद बराकातको घरमा पनि बमबारी गरेको थियो । बराकात प्यालेस्टाइनका प्रभावशाली फुटबल खेलाडी थिए । उनी प्यालेस्टाइनी फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् ।
उनले आफ्नो सक्रिय खेलजीवनमा हालसम्म एक सय १४ गोल गरेका छन् । ३९ वर्षीय बराकात आहली गाजा क्लबबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्यालेस्टाइनको फुटबलमा ‘दी लिजेन्ड अफ खान युनिस’ को उपनामले चर्चित थिए ।
उनी खान युनिस क्लबका कप्तान पनि थिए । उनले जोर्डन थुप्रै क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले साउदी अरेबियन क्लब अल-शोलाबाट पनि केही समय व्यावसायिक फुटबल खेलेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ