सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक टी२० आई सिरिज : पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ९७ रज बनाएको छ । कुशल भुर्तेल ३४ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनमा नटआउट छन् । सन्दीप जोरा ११ बलमा १४ रन बनाएर खेलेका छन् ।

कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । स्पिनर जोहन कारिकोलाई ठूलो सट खेल्नेक्रममा विनोद नर्मन भानुवाबाट क्याच आउट भएका थिए । विनोदले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।

कप्तान रोहित पौडेल नोसैना पोकनाको नवौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर डोरिगाबाट १ रनमा क्याच आउट भए । आरिफ शेख १० औं ओभरको तेस्रो बलमा ४ रनमा विकेटकिपर डोरिगाबाट क्याच आउट हुन पुगेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०७:५५

लोकप्रिय