२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

ओपेनहाइमरले जित्यो सात विधामा अस्कर अवार्ड

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २८ गते सोमबार

ओपेनहाइमर फिल्मले सन् २०२४ को एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा धमाका मच्चाएको छ।

यो चलचित्रले सात विधामा अस्कर अवार्ड जितेको छ ।

ओपेनहाइमरलाई उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायांकन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीतको लागि अवार्ड दिइएको छ ।

क्रिस्टोफर नोलनद्वारा निर्देशित यो चलचित्रले यस वर्षको अस्कर अवार्डमा कुल १३ विधामा मनोनयन प्राप्त गरेको थियो ।

तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार