नेपालगञ्जबाट प्रहरीले हुण्डी कारोबार गिरोहका तीन जनालाई ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
विशेष सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्जको धम्बोझी चोकको सांग्रिला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँ लिएर आएका दुई जनालाई नियन्त्रणमा लिएको थियो।
आइतबार दिउँसो ३८ लाख रुपैयाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पूर्णिमा थारूलाई पक्राउ गरेपछि उनीहरुले उक्त रकम हुण्डी कारोबारको बताएपछि हुण्डी कारोबार गर्ने मुख्य व्यक्ति नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उक्त हुण्डी कारोबार नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर गरिँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी श्रोतले जानकारी दिएको छ। प्रहरीले उनीहरुको साथबाट पैसा बैंकका विभिन्न भौचरहरुसमेत बरामद गरेको छ।
पक्राउ परेकाहरुले हालसम्म १५ करोड रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार गरिसकेको बताइएको छ।
उनीहरुले मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गरेको पनि हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। प्रहरीले पक्राउ परेकाहरुँग यस बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले बरामद गरेको ३८ लाख रुपैयाँलाई आवश्यक कारबाहीका लागि नेपालगञ्जस्थित आन्तरिक कार्यालयमा मंगलबार बुझाउने तयारी गरेको छ।
सोमबार सार्वजनिक बिदा परेका कारण आवश्यक कारबाहीका लागि मंगलबार बुझाउने बाँके प्रहरीले बताएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके