सूचनाको शक्ति - The Power Of Information

        

तौल घटाउने मन छ ? नाच्ने गर्नुहोस्

जो नाच्छ, हाँस्छ उ धेरै बाँच्छ भने लाइन हामीले सुनिरहेका हुन्छौँ । हो वास्तवमै नाच्ने र हाँस्ने मान्छेहरू स्वस्थकर हुने रहेछन् ।

यदि तपाई पनि आफूलाई स्वस्थकर र फुर्तिलो बनाउन चाहनुहुन्छ भने आफ्नो व्यायाम नाच्ने काम पनि समेट्ने गर्नुहोला । अब स्वस्थ हुन नाच्नुस् पनि । नाचले शरीरसँगै दिमागमा पनि सकारात्मक असर पर्छ ।

यस्ता छन् नाच्नुका फाइदाहरू

सकारात्मक ऊर्जा उत्पन्न हुन्छ

हामी नाच्दा शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । नकारात्मक कुराहरूले तपाईँलाई गिजोलिरहेको छ अथवा निराशाजनक अवस्थामा हुनुहुन्छ भने पनि तपाई मोटिभेट हुन सक्नुहुन्छ ।

नृत्य गर्नाले तनावबाट राहत मिल्छ । जब तपाई कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ ।

तौल घटाउन लाभदायक

नाच्दा शारीरिक अभ्यास हुन्छ । यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ । पछिल्लो समय हामीहरूले धेरै जिमखानाहरु जस्तै जुम्बा क्लासहरू सञ्चालन भएको देख्न सक्छौ । यसकारण पनि हामी बुझ्न सक्छौँ नाच्दा शारीरिक व्यायाम हुन्छ र तौल घटाउन लाभदायक हुन्छ ।

मनोरञ्जनात्मक अभ्यास

जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरूका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ ।

बडी टोन मजबुत

नाचबाट तपाईँको बडी टोन मजबुत हुन्छ । यसबाट शरीरमा तागत आउँछ र शरीरको लचिलोपन पनि बढ्छ ।

आत्मविश्वास बढाउँछ

नाच्नाले तपाईँमा कन्फिडेन्स पनि महसुस हुन्छ । यसबाट हिचकिचाहट पनि दूर हुन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०७:२०

लोकप्रिय