सूचनाको शक्ति - The Power Of Information

        

समाज-संस्कृति

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

नयाँ वर्षका रुपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

नेपालका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा आज विविध कार्यक्रम गरिँदैछन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको विश्वास गरिन्छ । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने संस्कृतिविद्हरु बताउँछन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०७:१०

लोकप्रिय