सूचनाको शक्ति - The Power Of Information

        

२०८० फागुन २८ गते सोमवारको राशिफल

२०८० फागुन २८ गते सोमवार, ११ मार्च २०२४ । फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि, १३ः०३ बजेपछि द्वितीया । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नै बेहोसीले नोक्सान पुर्याउला । सोखले फजुल खर्च बढाउन सक्छ । काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ । पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ । ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

उठ्नुपर्ने रकम हातलागी हुनेछ । आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ । अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा राम्रै प्रगति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइले पनि फाइदा दिलाउनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ । सामाजिक प्रभाव पनि बढ्नेछ । आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ । परिस्थितिवश अध्ययनमा पछि परिनेछ । पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूका लागि बुद्धि खर्चनुपर्ला । उपलब्धिविहीन काममा समय बित्नेछ । रकम अभावले आजको योजना स्थगित हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान् । नयाँ काम थाल्न समय पर्खनुहोला । प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ । रोकिएको काम बन्न थाल्नेछन् । प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले काम बन्नेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषितर्फ सामान्य लाभ हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । नियमित काम सम्पादन हुनेछन् । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । परिवारमा आमाको सहयोग लिँदा काम बन्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनाले दैनिकीमा समेत परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०६:५६

लोकप्रिय