सूचनाको शक्ति - The Power Of Information

        

खरायोले आफ्नै दिसा किन खान्छ ?

सानो चिटिक्कको हुने र चुलबुले स्वभाव रहने खरायो नदेख्ने र नचिन्ने कमै होलान् । तर तपाईँलाई सुन्दा अचम्म लाग्ला ! खरायोमा आफ्नै मल खाने एउटा अनौठो बानी हुन्छ । उसको यो बानीका पछाडि विशेष वैज्ञानिक कारण छ ।

खरायो एउटा यस्तो जीव हो जसको पाचन प्रणाली राम्रो तरिकाले विकसित भएको हुँदैन । जसका कारण खरायोको पेटमा धेरै खानेकुरा पचेकै हुँदैन र निकै धेरै पोषक तत्त्वहरू मलसँगै बाहिर आउँछ ।

त्यसैले यसरी गरेको पोषक तत्त्वयुक्त दिसालाई खरायोले पुनः खान्छ जसका कारण पाचन प्रणालीले बढी भन्दा बढी पोषक तत्त्व ग्रहण गर्दछ । अर्थात् आफ्नै स्वास्थ्यका लागि खरायोले आफ्नै दिसा खाएको हुन्छ ।

खरायोले आफ्नै दिसा खानु उसको स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि निकै महत्त्वपूर्ण प्रक्रिया हो । खरायोको मल दुई खालको हुन्छ । एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्छ । खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १०:१५

लोकप्रिय