सूचनाको शक्ति - The Power Of Information

        

भारतीय धनाढ्य मुकेश अम्बानीको छोराको विहेमा नौं दिनको खर्च !

भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको वैवाहिक पार्टीले संसारको ध्यान खिच्यो । विश्वकै महँगो वैवाहिक कार्यक्रमका रुपमा यसले चर्चा पायो ।

भारतका तीन प्रशिद्ध नायक शाहरुख खान, सलमान खान र अमिर खान यही कार्यक्रममा एकसाथ ठुम्का लगाइरहेका भेटिए । जवकी यी तीनजनालाई एकसाथ भेट्टाउन बलिउडका कुनै निर्देशक, निर्माताको पहुँच पुग्दैन भन्ने गरिन्छ ।

अम्बानीले यी नायक मात्रै होइन, बलिउडका चर्चित कलाकार, निर्देशक र निर्मातालाई पनि विवाह समारोहको एउटै मञ्चमा उतारे । हलिउड सिलिब्रेटी र विश्व चर्चित धनाढ्य पनि अम्बानीको निम्तो स्वीकार गरेर आए ।

बिल गेट्स, मार्क जुकर्बग जस्ता धनाढ्यहरु सो समारोहमा उपस्थित भए । सबैभन्दा बढी पारिश्रमिक बुझेर अम्बानीको वैवाहिक कार्यक्रममा प्रस्तुति दिने कलाकारका रुपमा गायिका रियानाले चर्चा पाइन् । पारिश्रमिक वापत उनले करिब ७५ करोड भारु बुझेकी थिइन् ।

भीभीआइपी अथितिको सत्कार र कलाकारलाई पारिश्रमिक दिन अम्बानीले मोटो रकम खर्च गरेको पाइएको छ । साथै, उनले खानाको व्यवस्थाका लागि मात्रै २१० करोड भारु खर्चेको बुझिएको छ । बढो तामझामाका साथ सम्पन्न वैवाहिक समारोहमा अम्बानीले १२६० करोड भारु खर्च गरेको भारतीय मिडियाहरुको दाबी छ ।

जम्मा तीनदिन चलेको समारोहमा यति धेरै खर्च हुनु आम सर्वसाधारणको पहुँच बाहिरको कुरा हो । त्यसैले पनि अम्बानीको बिहेले चर्चा पायो । तर, मुकेश अम्बानीका लागि यो खर्च सामान्य हो । डलर खर्बपति एवं विश्वका १० धनाढ्यका सूचीमा अटाउने अम्बानीका लागि यस समारोहमा भएको खर्च केही साताको कमाइ मात्र हो ।

यस अर्थमा अम्बानीले कान्छा छोराको प्री–वेडिङ कार्यक्रम सस्तैमा सल्टाएका छन् । सस्तो यो अर्थमा कि धनाढ्य अम्बानीको हकमा । फोर्बस्का अनुसार मुकेश अम्बानीसँग अहिले ११६ बिलियन डलरभन्दा बढीको सम्पत्ति छ । पछिल्लो एक वर्षमा उनको सम्पत्ति ५ बिलियन डलरले बढेको देखिन्छ । यस हिसाबले समग्रमा अम्बानीले दैनिक करिब १३५ करोड भारुभन्दा बढी कमाइ गर्छन् ।

यस हिसाबमा अम्बानीले कान्छो छोराको यस समारोहमा गरेको खर्च करिब ९ दिनको कमाइ बराबर मात्र हो । अझ यसरी बुझौँ, १ करोड बराबर एक रुपैयाँ मान्ने हो भने अम्बानीको मासिक कमाइ ४ हजार ५० रुपैयाँ हुन्छ । यसरी सोच्ने हो भने उनले रियानालाई ६५ रुपैयाँ पारिश्रमिक दिए ।

क्याटरिङमा उनले २१० रुपैयाँ खर्च गरे । सबै खर्च गरेर उनले १२८० रुपैयाँमा कान्छा छोराका प्री–वेइडिङ सल्टाए । यो हिसाबमा अम्बानीको एक महिनाको कमाइबाट जम्मा एक तिहाइ हिस्साभन्दा कम खर्च भएको देखिन्छ । अर्थात् अझै उनीसँग उनको मासिक कमाइबाट २७७० रुपैयाँ बचेको छ ।

यसअर्थमा ‘घाँटी हेरेर हाड निल्नु’ भन्ने कथनलाई मुकेश अम्बानीले बढो चलाखीपूर्ण ढंगले पालना गरेको देखिन्छ । छोराको वैवाहिक कार्यक्रमको खर्चको चर्चा विश्वभर भए तापनि ढुकुटी भने जत्तिको त्यति । नौं दिनको कमाइ मात्रै सकियो । यतिहुँदा हुँदै पनि भारतिय सरकारले विहेपार्टीको विरोध गर्दै छानबिन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ०७:५२

लोकप्रिय