सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० फागुन २६ गते शनिवारको राशिफल

२०८० फागुन २६ गते शनिवार, ९ मार्च २०२४ । फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथि, १७ः४९ बजेपछि औंसी । धनिष्ठा नक्षत्र, ६ः५९ बजेपछि शतभिषा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अस्वस्थताले काममा जुट्न नसकिएला । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले सताउने देखिएकाले गोपनीयतामा ध्यान दिनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पेसा–व्यवसायमा केही चुनौती आउन सक्छन् । गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने स्थिति आउन सक्छ । अर्थअभाव सामना गर्नुपर्ने देखिन्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ । यात्राको प्रक्रियामा केही खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य–चिन्ताले सताउनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख समेत पाइनेछ । अध्ययनमा पनि त्यति समय दिन नसकिएला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारको निर्णयले काम बिग्रनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ । खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ । तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ०७:३०

लोकप्रिय