पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन्। एकै स्थानमा स्कार्पियो जिप, अटो रिक्सा, मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका हुन्।
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३–०१०२२ च १७५७ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो। लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ को स्कुटरसमेत ठक्कर खाएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
प्रहरीले चार वटै सवारीसाधन र स्कार्पियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ वर्षीय दिनेशमान तामाङलाई पक्राउ गरेको छ।
दुर्घटनामा स्कुटर चालक लमही न.पा. ७ हसनापुर बस्ने वर्ष २१ का विश्व खड्का, मोटरसाइकल चालक राजपुर गाउँपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ वर्षीय मनिष सार्की, अटो चालक लमही नगरपालिका–७ कामनपुर निवासी ३५ वर्षीय विष्णुबहादुर थापा, अटोमा सवार सोही ठाउँ निवासी ५५ वर्षीय हरि पुन, अटोमा सवार भारत उत्तर प्रदेशका ४० वर्षीय पंकज सिह र अटोमा सवार भारत उत्तर प्रदेशका ५० वर्षीय कश्मिर सिंह घाइते भएका छन्।
दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक विश्व खड्का र अटो चालक विष्णुबहादुर थापालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ। दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ।
तीव्र गतिका कारण स्कार्पियो र अटो रिक्सा एकआपसमा ठक्कर खान पुगेको, अटोको पछाडि रहेका मोटरसाइकल र स्कुटर पनि अनियन्त्रित हुँदा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ