सूचनाको शक्ति - The Power Of Information

        

शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट

महाशिवरात्रिकाे अवसरमा  कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएकाे छ । चाटर फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसराेवरकाे दुरदर्शन गरेका छन्र् ।

श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिकाे दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

कोभिड महामारी सुरू हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज  रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगञ्ज रुट सुनसान बनेको थियाे ।

जसको सिधा असर नेपालगञ्जकाे पर्यटन व्यवसायमा परेको थियाे ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १२:३४

लोकप्रिय