सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज : ‘उपहार’सँग भिड्दै ‘रङ्गेली’ र ‘काँडेतार’

आज शुक्रबारबाट देशभर एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका सबै फिल्मका बिषयवस्तु र कलाकार  भने भिन्न छन् ।

शिवरात्री र त्यसपछिका केही दिन सार्वजनिक विदा परेकोले पनि तीन फिल्म तछाडमछाड गर्दै आएका हुन् । सबै फिल्मका निर्माण पक्ष आफ्नो फिल्म उत्कृष्ट रहेको बताउँदै व्यवसाय समेत गर्ने दाबी गर्छन् ।

तीन मध्ये ‘उपहार’ का पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने ‘रङ्गेली’ मा अर्जुन सुवेदीको निर्देशन छ । अर्जुनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । ‘काँडेतार’ मा अभिनेता नवल खड्काको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १२:२८

लोकप्रिय