२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २५ गते शुक्रबार

उच्च रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै मूल्यमा सुनको कारोबार भएको छ ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि सोही मूल्यमै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि रोकिएपछि शुक्रबार नेपाली बजारमा पनि स्थिर रहेको हो ।

चाँदीको भाउ पनि शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा शुक्रबार चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन २५ गते शुक्रबार