२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

१० लाख बढी आवेदन परेको सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँड हुँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २५ गते शुक्रबार

सर्वोत्तम सिमेन्टको आइपीओ आज फागुन २५ गते शुक्रबार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा बाँडफाँड हुने भएको हो ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी ९ लाख ५९ हजार ६९० जनाले शेयर नपाउने भएका हुन् ।

प्रकाशित मिति : २०८० फागुन २५ गते शुक्रबार