२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

कर्मचारी कुट्नेलाई कारबाही नगरिएको भन्दै ध्यानाकर्षण

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २४ गते बिहीबार

कर्मचारीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले कार्वाही गर्न तदारुकता नदेखाएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । दोषीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरिएकोमा हालसम्म पनि कुनै कारबाही नभएको भन्दै कर्मचारीहरुले विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

फाल्गुन २१ गते दिउँसो उपमहानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजिवराज नेपाली कार्यालयले जारी गरेको पत्र बुझाउन वडा नम्बर २० मा गएको बेला सो वडामा बसोबास गर्ने महबुब नाउँले कुटपिट गरी घाइते बनाएका थिए । कर्मचारीहरुले उक्त निन्दनीय कार्यको घोर भत्र्सना गरेका छन् ।

“कार्यालय समयमा कामकाजमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको सो घटनाले कर्मचारीहरुको मनोवल खस्किनुका साथै इज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको छ ।

यस प्रकारको क्रियाकलापले कर्मचारीहरुलाई जुनसुकै क्षेत्रमा खटिएर काम गर्न भय एवं त्रास उत्पन्न भई कार्य सम्पादनमा गम्भीर समस्या आउने निश्चित छ,“ विज्ञप्तीमा भनिएको छ–“तसर्थ दोषी उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।“

कर्मचारीहरुले दोषीमाथि यथाशिघ्र कानुनी कारवाहीको प्रक्रिया अगाडि नबढेमा चरणबद्व विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०८० फागुन २४ गते बिहीबार