२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २४ गते बिहीबार

 आफ्ना मागहरु पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ ।

माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीको नेतृत्वमा बिहीबार क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी रुखमा झुण्ड्याइदिएको हो ।

क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा समेत माग पूरा नहुँदा क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको महेन्द्र बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीले बताए ।

क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने मागहरु रहेको उनले भने ।

यस अघि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रकाशित मिति : २०८० फागुन २४ गते बिहीबार