२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

पशुपति क्षेत्रको सुरक्षामा ४ हजार फौज परिचालन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २४ गते बिहीबार

महाशिवरात्रीका भक्तजनहरूको शान्ति सुरक्षाका लागि आज राती १० बजेबाट पशुपति क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सिफ्टमा रहने गरी चारहजार सुरक्षाकर्मीलाई खटाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।

कार्यालयले पशुपति क्षेत्रका लागि आज विशेष सुरक्षा योजना बनाएर लागू पनि गरेको छ।

तीन सिफ्टमा परिचालन हुने गरी ३ हजार ७२ जना, सादा पोषाकमा सञ्चार सेट तथा ड्रोनसहितका सुरक्षाकर्मीहरु ४३९ जना खटिने छन्।

यस्तै ट्राफिक प्रहरीहरु ५८३ जना परिचालन हुने उनले बताए। आज रातीबाट २६ गते मेला नसकिँदासम्म उनीहरु खटिने छन्।

प्रकाशित मिति : २०८० फागुन २४ गते बिहीबार