सूचनाको शक्ति - The Power Of Information

        

दोहोरो अङ्कले बढ्यो शेयर बजार

शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, व्यापार र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढ्दा जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज साम्लिङ पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।

आज ८९ लाख २९ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर ५६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १७:३०

लोकप्रिय