सूचनाको शक्ति - The Power Of Information

        

कीर्तिपुर–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे ।

क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।

गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १०:२६

लोकप्रिय