सूचनाको शक्ति - The Power Of Information

        

हुथी विद्रोहीको आक्रमणमा कार्गो पानीजहाजका दुई मारिए

दक्षिणी यमनको एक कार्गो पानी जहाजमा हुथी मिसाइल आक्रमणमा परि चालक दलका दुई जना सदस्य मारिएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार व्यापारीक पानीजहाजहरूमा हुथी विद्रोहीको आक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

क्यारेबियन टापु बार्बाडोसको झण्डा लगाइएको ‘ट्रु कन्फीडेन्स’ नामको उक्त पानी जहाज हिन्द महासागरस्थित अडेनको खाडीमा आइपुग्दा हुथी विद्रोहीले धावा बोलेका थिए ।

हुथीहरूले गाजापट्टीमा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न पश्चिमा कार्गोहरुलाई निशाना बनाइरहेको दाबी गरिरहेका छन् ।

घटनामा परि चालक दलका ६ जना सदस्य घाइते भएका छन् । जहाजमा एक भारतीय, चार भियतनामी र १५ फिलिपिनो नागरिकसहित २० जनाको चालक दल थियो । जहाजमा रहेका दुई जना श्रीलंकन र एक जना नेपाली सुरक्षा गार्ड भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०७:५७

लोकप्रिय