जर्मनीमा एकजना ६२ वर्षीय व्यक्तिले चिकित्सकको सल्लाहविपरीत कोरोनाविरुद्धको खोप २१७ पटक लगाएको पाइएको छ । यो अनौठो घटना ‘द ल्यान्सेट इन्फेक्सियस डिजिज’ जर्नलमा रेकर्ड गरिएको छ ।
ल्यान्सेट रिपोर्टका अनुसार ती व्यक्तिले जानाजानी व्यक्तिगत कारण यी खोप किनेर ल्याए र लगाए । यी खोप २९ महिनाभित्र उनले लगाएका थिए । युनिभर्सिटी अफ एर्लान्जेन–नुरेम्बर्गका अनुसन्धानकर्ताहरूले भ्याक्सिनको यति धेरै डोज लगाए पनि ती व्यक्तिमा कुनै साइड इफेक्ट नदेखिएको बताएका छन् ।
युनिभर्सिटीको माइक्रोबायोलोजी विभागका डा किलियन शोबरले भने, ‘हामीले यो केसको बारेमा एउटा पत्रिकाको लेखबाट थाहा पायौँ । त्यसपछि हामीले ती व्यक्तिलाई सम्पर्क गर्यौँ र विभिन्न परीक्षणका लागि एर्लान्जेन आउन आग्रह गर्यौँ । यसमा धेरै चासो थियो ।’ यी व्यक्तिले आफ्नो रगत र र्यालका ताजा नमुना दिए ।
अनुसन्धानकर्ताहरूले उनको जमेको रगतका नमुना पनि जाँच गरे । ती नमुनाबाट खोप लगाउँदा प्रतिरक्षा प्रणालीले कस्तो प्रतिक्रिया देखाउँछ भनेर पत्ता लगाउने प्रयास गरिएको डा.शोवरले बताए । कोरोना भ्याक्सिनले कुनै पनि प्रकारको संक्रमण गराउँदैन तर यसले शरीरलाई कुनै पनि रोगसँग लड्ने तरिका सिकाउन सक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं