सूचनाको शक्ति - The Power Of Information

        

यु–१६ महिला फुटबल : आज नेपालले भारतको सामना गर्ने

साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ।

ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुनेछ।

जारी प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले हार बेहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले आइतबार फाइनल खेल खेल्ने छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०७:१८

लोकप्रिय