हिजो ७० अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।
आज ९१ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन्
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ