बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राती भएको राउण्ड अफ सिक्सटिनको खेलमा इटालीको लाजियोलाई ३–० ले हराउँदै बायर्न म्युनिख क्वाटरफाइनलमा उक्लेको हो ।
पहिलो लेगको खेल १–० ले गुमाएको बायर्नले गएरातिको जितसँगै समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पा¥यो । बायर्नको लागि ह्यारी केनले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपे ।
मंगलबार राति भएको अर्को खेलमा स्पेनको रियाल सोसीडाडलाई २–१ ले हराउँदै फ्रान्सको पि.एस.जी पनि क्वाटरफाइनलमा उक्लियो । पि.एस.जी.का किलियन एम्बाप्पेले दुई गोल गर्दा सोसिडाडका मिकेल मेरिनोले एक गोल फर्काए । पहिलो लेगको खेल २–० ले जितेको पि.एस.जीले समग्रमा खेल ४–१ ले आफ्नो पक्षमा पा¥यो ।
च्याम्पियन्स लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटी र एफ.सी कोपनहेगन तथा रियाल मड्रिड र आर.बी लेप्जीग भिड्नेछन् । पहिलो लेगमा सिटीले कोपनहेगनलाई ३–१ ले तथा रियाल मड्रिडले लेप्जीगलाई १–० ले हराएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ