पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।
चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौँ घरहरूलाई क्षति पुऱ्याएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।
जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले बीबीसीलाई भने, ‘जहाँसम्म मलाई याद छ, २५-३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’
भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेको छ ।
खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ