सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनद्वारा कृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त

युक्रेनको गुप्तचर एकाइ ‘समूह १३’ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रूसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा सो घटना उल्लेख गरेको छ ।

रूसी ब्ल्याक सी फ्लीट जहाज ‘सर्गेई कोटोभ’ मागुरा भी–५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ । आक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ । रुसले हालसम्म उक्त घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०८:१८

लोकप्रिय