सूचनाको शक्ति - The Power Of Information

        

२०८० फागुन २३ गते बुधवारको राशिफल

२०८० फागुन २३ गते बुधवार, ६ मार्च २०२४ । फाल्गुण कृष्णपक्ष एकादशी तिथि । पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा । चन्द्रराशि धनु, १६ः३२ बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिन केही संघर्षमय रहने देखिन्छ । जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ । धेरै समय अरूका लागि खर्चनुपर्ला । अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ । साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ । पेसामा पनि प्रशस्त फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहने समय छ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । समयतालिका नमिल्दा केही काम रोकिन सक्छन् । साँझतिर भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । अवसरले उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ । साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । साँझतिर फजुल खर्च बढ्नेछ । अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट लाभ हुनेछ । तर उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन् । पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०७:२३

लोकप्रिय