सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका डिएसपी मृत भेटिए

सांकेतिक तस्वीर

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागस्थित सशस्त्र प्रहरीको गुल्मका प्रमुख रहेका उनी कार्यालय परिसरमै रहेको निवासमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बस्यालको परिवारसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएको छ । प्रहरीको टोली अनुसन्धानका लागि घटनास्थलमा सक्रिय भएको छ । उनको मृत्युको कारण नखुले पनि उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १७:४७

लोकप्रिय