नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटोक क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । सेवार्ट इन्जेलब्रेचले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोडले २२ र टिम भान डेरले अविजित २१ रन बनाउनुभयो ।
बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिनुभयो । अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
नेपालका लागि आशिफ शेखले ४७ रन बाउनुभयो । गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल मल्लले २५ र कुशल भुर्तेलले २० र करण केसीले नौ रन बनाउनुभयो ।
बलिङमा नेदरल्यान्ड्सका टिम भा डियर, माइकल लेविट, सेवार्ट इन्जेलब्रेच र फ्रेड कासेनले दुई दुई विकेट लिनुभयो ।
नेपालले चार खेलको सिरिजमा दुई हार र दुई जितसहित चार अङ्क जोड्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्ड्स चार खेलबाट पाँच अङ्क जोड्दै शीर्ष टोलीको रुपमा फाइनलमा पुगेको थियो ।
तीन अङ्क बनाएको नामिबिया बाहिरिएको थियो । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप घरेलु मैदानमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ