प्रस्तावित संघीय निजामती सेवा विधेयकमा पुरुषको उमेर ३२ र महिलाको उमेर ३७ बर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुनुपर्ने उल्लेख गरिएको छ । सोमबार संघीय संसदमा दर्ता भएको सो विधेयकमा यस्तो व्यवस्था गरिएको हो । यसअघि पुरुषहरूले ३५ वर्ष र महिलाहरूले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउथे ।
४० बर्षको उमेरमा सेवा प्रवेश गरेका महिलाहरू ५८ बर्षको उमेर सेवा निवृत्त हुँदा पेन्सनबिना नै घर जानुपर्ने बाध्यता भएपछि उमेर हद घटाउनुपर्ने माग उठ्दै आएको थियो । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । विधेयकको ‘क’ मा राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ भने ‘ख’मा राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।
यसैगरी पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा उल्लेख छ । यद्यपि, भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था राखिएको छ । यसैगरी अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने छन् । पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएको व्यक्तिका लागि पनि उमेर हद ३७ बर्ष कायम गरिएको छ ।
‘संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानुन बमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थानीय नियुक्ति भएका कर्मचारीलाई भने उमेरको हद नलाग्ने व्यवस्था छ,’ विधेयकमा उल्लेख छ । अन्तरतह प्रतियोगिता वा बढुवाको लागि उम्मेदवार हुन उमेरको हद नलाग्ने व्यवस्था भने विधेयकले कायमै राखेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं