सूचनाको शक्ति - The Power Of Information

        

मेरो माइक्रोफाइनान्सद्वारा बीमा रकम प्रदान

असामयिक निधन भएका ग्राहकका परिवारलाई मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ ।

संस्थाबाट रु.३ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य देबकीकुमारी शाहीका श्रीमान रामबहादुर खड्काको मृत्यु दावी बापत रु.३ लाख रुपैयाँ र काजक्रिया खर्च स्वरुप रु १० हजार हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको अमरगढीका शाखा प्रबन्ध पदमराज जोशीले बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशका गणनीय ७ वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ७ वटै प्रदेशमा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०८:५४

लोकप्रिय