सूचनाको शक्ति - The Power Of Information

        

कर्तव्य ज्यान कसुरमा फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत महिना आफ्नै छिमेकी एक व्यक्तिलाई कुटपिट गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न रही फरार रहेका बाँकेको जानकी गाउँपालिका-१ का ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई पक्राउ गरेको हो । ईसरारले सोही ठेगाना भएका आफ्नै छिमेकी २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी मारेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

गत माघ महिनाको १९ गते गाउँमा आपसी विवाद हुँदा ईसरारले अरमानलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका अरमानलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि पुर्‍य ाइएको थियो । उपचारका क्रममा अरमानको माघ २३ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरमानलाई कुटपिट गरी घाइते बनाएपछि ईसरार फरार थिए । प्रहरीले कुटपिटमा संलग्न फरार रहेका ईसरारलाई फागुन १८ गते पक्राउ गरेको र २० गते बाँके जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १६:१७

लोकप्रिय