सूचनाको शक्ति - The Power Of Information

        

सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने

सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

यसअघि बिहीबार बाँडफाँट हुने भनिएको आइपीओ कम्पनीको अनुरोधमा एक दिन पछि सारी शुक्रबार हुने भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने यसको प्रि-अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो ।

यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:०४

लोकप्रिय