२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २० गते आइतबार

त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्।

खराब मौसमका कारण आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएपछि फाइनल भिडन्त नेदरल्याण्ड्ससँग पक्का भएको हो।

दुबै टोलीले एक एक अंक पाउँदा नेदरल्याण्ड्सको ५ अंक र नामिवियाको ३ अंक भयो। नेपाल चार अंकसहित शनिबार नै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपाल नामिवियासँग र दलोस्रो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो। तर उत्कृष्ठ पुर्नरागमन गर्दै नेपालले पछिल्ला दुवै खेल जितेर फाइनल पुगेको हो।

घरेलु मैदानमा नेपालले नेदरल्याण्ड्ससँग लगातार पाँचौं खेल खेल्न लागेको हो। यसअघि लिग –२ अन्तरगत एक दिवशीयकमा पनि यी टोली भिडेका थिए। जसमा एक एक खेलमा जित हात पारेका थिए। टि–२० मा पनि एक एक खेल जितेका थिए।

अब मंगलबार निर्णायक भिडन्त हुनेछ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार