सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८ करोडको कारोबार

शेयर बजार निरन्तर घटिरहेकोे छ । बजार आज पनि दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७८ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.३० अंकमा झरेको हो ।

आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६हजार ८९.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि आज ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४०.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतवार १६:२३

लोकप्रिय