सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले रोकियो नेदरल्यान्ड र नामिबियाको खेल

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड र नामिबियाबीचको खेल वर्षाको कारण रोकिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो ।

आजको खेलले सिरिजको फाइनलमा पुग्ने टिमको टुङ्गो लगाउने भएपनि खेल रद्द भएको अवस्थामा नेदरल्यान्ड फाइनलमा पुग्नेछ । यसअघि दुई जितका साथ नेपाल फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतवार १३:२२