साताकाे पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ