२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

बस र ट्याक्सी ठोक्किदा पाँच जना घाइते

सत्यपाटीसत्यपाटी । चितवन । २०८० फागुन २० गते आइतबार

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् ।

शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । बस, ट्याक्सी र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।  बस चालक फरार भएकोले सवारी साधनको मालिक मार्फत सम्पर्क गर्ने प्रयास भईरहेको छ ।

घाइते हुनेहरूमा झापा हल्दीबारी गाउँपालिका–१ बस्ने बर्ष ४५ को गोबिन्दप्रसाद पराजुली (टाउकोमा चोट), सोही स्थान बस्ने बर्ष ४२ की चन्द्रकला पराजुली (टाउकोमा चोट), स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने वर्ष ३६ को मोतीप्रसाद पराजुली (टाउकोमा चोट), सोही ठाउँ बस्ने वर्ष ५५ को विष्णुप्रसाद शर्मा (टाउकोमा चोट) रहेको छ ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार